विद्यालयको ऐतिहासिक पृष्ठभूमिः

साविक को खलंगा गा.वि.स वडा नं. ८ र ९ तथा हाल मुसिकोट नगरपालिका वडा नं. २ का तत्कालिन समाजसेवी पञ्चायत कमरा खत्री, मुखिया श्री भागिराम खडका, श्री हरिशरण खत्री, श्री मनवीर खडका, श्री नन्दु खडका आदि महानुभावहरुको नेतृत्वको सम्पूर्ण गाऊँबासीहरुको दलान कचहरीबाट पाठशाला स्थापना गरि बालबालिकाहरुलाई पढ्ने वातावरण सिर्जना गर्ने निश्कर्ष निकालेर साविकको खलंगा गा.वि.स. वडा नं. ८ हाल मुसिकोट नगरपालिका वडा नं. २ चिचीपानी (हाल विद्यालय रहेका स्थान) टुनीबोट (भयार देवता पूजा गर्ने गरिएको) भन्ने सार्वजनिक स्थलमा भएको सयौं वर्ष पुरानो टुनी वृक्षलाई श्रमदानवाट ढालेर काठ तयार गर्ने र सो वरिपरिको ठाकुरालाई समथर वनाई पाठशाला स्थापना गर्ने निर्णया गरीयो तर धेरै वर्ष पहिले राउटे आई सो टुनी वृक्षलाई ढाल्न खोज्दा काटीएको घाउ तत्काल पुरिएको भन्ने किम्वदन्ती रहेकोले त्यस रुखमा दैवी शक्ति भएको र त्यस टुनीलाई ढाल्दा भयार देवताले नास गर्नसक्ने अनुमान गरिएकाले सो वृक्षलाई कसैले पनि ढाल्ने आँट नगरेको र अन्तमा वडा नं. ८ हाल मुसिकोट नगरपालिका वडा नं. २ निवासी टिकाराम टमाटाले पहिलो बन्चरोको घाउ लगाएपछि उहाँको कान काटिएकोले सो घटनालाई दैवी शक्तिको प्रभावको रुपमा हाल सम्म पनि विश्वास गरिएको छ ।
त्यसरी दुवै वडा वासीहरुको सक्रियतामा टुनी वृक्षको काठ राखी ढुङ्गेछानाको चारकोठे भवन निर्माण गरिे २०२२ साल जेष्ठ १९ गते श्री पशुपति प्राईमरी पाठशालाको विधिवत स्थापना गरियो र रुकुम खलंगा वडा नं. १ का श्री कृष्ण के.सी.लाई गुरु नियुक्त गरि दुवै वडाका ३० जना विद्यार्थीहरुलाई अध्यापन शुरु गरियो। गाउ“बासीहरुबाट उठाएको अन्न, घ्यू, भीमल, पैसा र नेपाल सरकारबाट प्राप्त पहिले बार्षिक रु.१८००।- र पछी रु. २२००।- बाट शिक्षक तलव भत्ता चलाईरहेको यस विद्यालयमा विभिन्न समयमा कक्षाहरु थप हुंदै कक्षा ५ सम्म पढाई सञ्चालन भैरहेको थियो ।
२०२८ सालको नया“ शिक्षा नीति अनुसार निम्न माध्यमिक कक्षा सञ्चालन गर्न आवश्यक पर्ने रु. १०,०००।- धरौटी जम्मा नगरेकोले कक्षा घटाएर कक्षा ३ सम्म मात्र सञ्चालन गर्न थालियो भने कक्षा ४ देखी माथिल्लो कक्षाहरु पढ्न श्री यमुना नन्द नि.मा.वि. सेरीगाउ“ जानुपर्ने अवस्था सिर्जना भयो । तत्कालिन विद्यालय संचालक समितिका अध्यक्ष श्री गोपाल जी जंग शाहको अगुवाईमा भएको भेलाले कुनै पनि हालतमा यस विद्यालयलाई निमावि बनाउनु पर्ने लक्ष्य लिएर दुवै वडामा रहेको सार्वजनिक आवादी जग्गालाई निजी वनाई सो वापत प्रति वण्डा रु ३२। (वत्तिस) का दरले चन्दा असुल गरि निम्न माध्यामिक तह संचालन बापत जम्मा गर्नुपर्ने धरौटी रकम जम्मा गरि पुनः कक्षा ५ सम्म कक्षा सञ्चालन गरियो। त्यतिबेला विद्यालयलाई वडा नं. ८ निवासी डम्बर सिं खडका र वडा नं. ९ निवासी वीरु पुनले सवै भन्दा वढि रु. ८०।- चन्दा प्रदान गर्नुभएको थियो ।
पुन शिक्षा नियमावली फेरवदल भै कक्षा १–५ लाई प्राथमिक तह र कक्षा १–७ लाई निमावितह घोषणा गरे पछि यस विद्यालयलाई नि.मा.वि बनाउन श्री शुरेन्द्र वहादुर खडका, श्री गोविन्द खत्री, श्री देउराम खडका, श्री भिम वहादुर खडका, श्री आशाराम खडका, श्री इन्द्र वहादुर खत्री, श्री विनाराम खडका तत्कालिन प्र.अ. श्री नारायण प्रसाद शर्मा लगाएतका व्यक्तिहरुको सक्रियता र जिल्ला शिक्षा शाखाको परामर्शमा प्रति शिक्षक रु. १०००।– र अन्य अविभावक तथा चन्दा दाताहरुवाट स्वच्छिक चन्दा संकलन गरि रु. ५०,०००।– पचासहजार धरौटी राखी निम्न माध्यामिक विद्यालय संचालन गरियो ।
भने ..................सालमा विद्यालय स्वीकृत भयो । १–र्८ निम्न माध्यामिक तह मान्य प्रावधान बने लगत्तै यस विद्यालयले पनि कक्षा ८ सम्म कक्षा संचालन गरियो । श्री गोविन्द खत्री, श्री शुरेन्द्र वहादुर खडका, श्री देउराम खडका, श्री भीम वहादुर खडका, श्री शिवराम खत्री, श्री काली वहादुर खडका, श्री डम्वर वहादुर खडका, प्र.अ. श्री नारायण प्रसाद शर्मा लगायत यस विद्यालयको सेवाक्षेत्र भित्रका सम्पूर्ण शिक्षा प्रेमी अविभावकहरुको पहल र सक्रियतामा शिक्षा कार्यालयको विद्यालय मूल्याङ्न पुरस्कार स्वरुप प्रथम र द्धीतीय स्थानको पुरस्कार क्रमश ः रु २५,०००।– र रु. १५,०००।– विद्यार्थी भर्ना शुल्क, परीक्षा संचालन शुल्क, चन्दा सहयोग, सल्य जाने वाटो निर्माणको रकम, समेत जुटाई रु.१,००,०००।– (एकलाख) धरौटी राखी २०५४ बैशाष २० गते देखी माध्यामिक विद्यालयको रुपमा र २०६४ साल देखि पूर्व प्राथमिक तह नर्सरी देखि यू के जी सम्म तीन वटा कक्षा थप गरि यो विद्यालय संचालन भैरहेको छ हाल सम्म ५६१ जना विद्यार्थीले एस.एल.सी. उतिर्ण गरिसकेका छन्।
Scroll to Top