सहयोगी हातहरु
पशुपति माध्यामिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको भविष्य हजुरहरु जस्तै सहयोगी मनहरुमा निर्भर रहेको छ ।
ज्ञानदान, सीपदान, अर्थदान, भूमीदान, श्रमदान, अन्‍नदान, सामाग्रीदान जे सकिन्छ, यहाँहरुबाट सहयोगको अपेक्षा गर्दछौँ।
Govind Khatri
गोविन्द खत्री
मुसिकोट नगपालिका वडा नं २ निवासी गोविन्द खत्री यस विद्यालयको पूर्व विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहिसक्‍नुभएको छ । 
  • भूमीदानः  कित्ता नं. १९८८ को ८६० वर्गमिटर
Sirjana Sharma
सिर्जना शर्मा
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ रातामाटा निवासी सिर्जना शर्माले पशुपति माध्यमिक विद्यालयमा अक्षकोष स्थापना गर्नुभएको छ। उहाँले आफ्ना पुजनीय पिता नारायण प्रसाद शर्माको सम्मान र स्वर्गीय माता त्रिपुरादेवी शर्माको सम्झनामा 'सिनात्रि अक्षयकोष' स्थापना गर्नुभएको थियो। ।
  • अर्थदानः  रु १,११,१११।
Deuram Khadka
देउराम खड्का
पूर्व विद्यार्थी, समाजसेवा तथा नेपाली सेनाबाट अवकाश प्राप्त कर्तव्यनिष्ठ व्यक्तित्व मुसिकोट नगरपालिका-०२, राक्सेकोट (रुकुम पश्‍चिम) निवासी श्री प्रताप खड्का र चन्द्रकला खड्का ज्यू का सुपुत्र देउराम खड्काले कक्षा ११ सञ्चालनार्थ आर्थिक सहयोग गर्नुभएको हो।
  • अर्थदानः  रु ५१,०००।
Sher Bdr Khadka
शेरबहादुर खड्का
नेपाली सेनाबाट पेन्सन प्राप्त कर्मनिष्ठ व्यक्तित्व, शिक्षा प्रेमी तथा यस विद्यालयका पूर्व विद्यार्थी श्री शेरबहादुर खड्काले बालबालिकाको उज्वल भविष्यका लागि आर्थिक सहयोग गर्नुभएको छ।
  • अर्थदानः  रु ३०,०००।
Krishna Kumar Dadel
कृष्ण कुमार ददेल
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल, जिल्ला शाखा रुकुम पश्‍चिमका अध्यक्ष, मुसिकोट नगरपालिका वडा नं. १३ रुकुम पश्‍चिम निवासी समाजसेवी श्री कृष्ण कुमार ददेलले रु ११,०००। बराबरका फुलका गमला सहयोग गर्नुभएको छ।
  • सामाग्रीदानः फुलका गमलाहरु ।